इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको एपेक्स हस्पिटलको लापरबाहीले साढे ३ वर्षीय बालकको मृत्यु

  • सुनसरी, सन्जिप तिमिसिना
इटहरीमा रहेको एपेक्स हस्पिटलको लापरबाहीका कारणले इटहरी २ बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु भएको छ । मृत्यु भएपिछ पिडितले प्रदर्शन गरेर अहिले पूर्व-पश्चिम राजमार्ग अबरुद्ध बनेको छ । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै पीडितले आन्दोलनमा उत्रिएका छन् । उपचारको क्रममा अस्पतालले चरम लापरबाही गरेकाले आफ्ना छोराको मृत्यु भएको मृतकका बुबाले बताए । अहिले मृतकको शव बोकेर पूर्व–पश्चिम राजमार्गको एपेक्स अस्पताल अगाडि नै प्रदर्शन भइरहेको छ । आफूहरूले भमिट भएपछि अस्पतालमा हिजो बुधबार साँझ ल्याइएपनि उपचारको क्रममा ओभर डोज सुइ लगाइएपछि मृत्यु भएको पीडितको भनाइ छ । हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको पीडितका आफन्तको भनाइ छ । मृतका बुबाका अनुसार ‘भमिट रोक्ने दबाइ दिएपनि भमिट नरोकिएपछि अन्य जाँच पनि गरायौँ, सबै जाँच गराउँदा डाक्टरले नर्मल छ भनेको थियो, तर नर्सहरूले ओभरडोज सुई दिएपछि मृत्यु भयो,’ उनले भने, ‘भमिट निरन्तर आएपछि निरन्तर ओभरडोज सुइ लगाउँदा मृत्यु भएको हो । बच्चाको मृत्यु भएपछि अस्पताल प्रशासनसहित उपचारमा संलग्नलाई कारबाही हुनुपर्ने पीडितको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क