इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको जुत्ता चप्पल महोत्सव उद्घाटन बिनै बिक्री वितरण सुरू

इटहरी- इटहरी चोकको पश्चिम लाइनमा सुरु भएको जुत्ता-चप्पल महोत्सवमा उद्घाटन बिनै बिक्रीवितरण गरिएको छ । शुक्रवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्ने भनिएको महोत्सव स्थानीय व्यापारीले अवरोध गरेपछि स्थगित भएको हो । मेयर पौडेललाई स्थानीय व्यापारीले आग्रह गरेपछि तत्कालको लागी उद्घाटन कार्यक्रम स्थगित गर्न आयोजक तयार भएको छ । उद्घाटनको कार्यक्रम स्थगित भए पनि बिक्री वितरण नरोकिने आयोजना समितिले जनाएको छ । इटहरी प्रथम जुत्ता चप्पल महोत्सव आयोजक समितिका अनुसार कर कार्यालयबाट अस्थायी पान लिएर कानुन सम्मत रूपमा व्यवसाय सञ्चालन गरिएको हो । इटहरी उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण प्रक्रिया पूरा गरिएको कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताए । कानुनले अनुमति दिएका सम्पूर्ण बस्तुको प्रक्रिया पुर्‍याएर बेच्न पाइने भएकाले सोही अनुसार गरिएको उनको भनाइ छ । सस्तो मूल्यमा नेपाली ब्रान्डका जुत्ता चप्पल पाउने भएपछि ग्राहकको आकर्षण बढेको हो । नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान" भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्यागी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने उदेश्यले आयोजना गरिएको समितिका अध्यक्ष उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका नि वर्तमान अध्यक्ष नानिराज घिमिरेले बताए । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहेकाले मेला अवधि भर विषेश छुटको व्यवस्था गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए । विहान ९ वजे देखि बेलुकी ७ वजे सम्म खुल्ला रहने,मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । प्रवेश निःशुल्क रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क