इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको तरहरामा ब्याडमिन्टन प्रतियोगिता

सुनसरी / इटहरी वडा नं. २० मा भएको प्रथम वडाध्यक्ष ब्याडमिन्टन अन्तर सदस्य प्रतियोगितामा ‘ए’ टीमको खेलमा देवराज अधिकारी र चन्द्रबहादुर तामाङ्को जोडी प्रथम भएको छ । अधिकारी र तामाङ्को जोडीले रमेश लामिछाने र जय खड्काको टोलीलाई हराका थिए । यस्तै, ‘बी ’ टीमबाट धनकुमार राई र समध्वज राईको जोडी प्रथम भएको छ । यो जोडीले मणीराम श्रेष्ठ र भरत चुम्लुङ् राईको जोडीलाई हराए । यस्तै, ‘सी’ टीमबाट हर्कराज राई र कौसिला राईको जोडी प्रथम भयो । राई द्दयको जोडीले पदमबहादुर लामा र किशोरकुमार राईको जोडीलाई हरायो । प्रथम हुने “ए,बी र सी का खिलाड़ीहरूलाई ट्रेफ़ी,मेडल र नगद १० हज़ारको दर प्रदान गरीयेको थियो र दोस्रो हुने “ए,बी र सी का खिलाड़ीहरूलाई ट्रेफ़ी,मेडल र नगद ५ हज़ारको दर प्रदान गरीएको थियो । इटहरी वडा नं. २० वडा कार्यालय र इटहरी उपमहानगरको आर्थिक सहयोगमा प्रतियोगिता भएको क्लबका अध्यक्ष मेम कुमार राईले बताए । सोही अवसरमा जनस्तरबाट निर्माण भएको कवर्डहल पनि उद्घाटन गरिएको थियोे । सो कवर्डहलको वडा नं. २० का वडाध्यक्ष मणीराम श्रेष्ठ र वडा सदस्य तनुज गुरुङ(सुरेश), वडा सदस्य बहादुर तामाङ, धर्म देवी गिरीले उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क