इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको तालतलैयामा कर्मचारीद्वारा कार्यसमिति सदस्यलाई रकम हिनामिनाको आरोप

सुनसरी / इटहरी २ र ३ मा पर्ने पर्यटकीय स्थल तालतलैया विकास तथा संरक्षण समितिका कार्यसमिति सदस्य खगेन्द्र आचार्य र कर्मचारी कुलप्रसाद निरौलाको विवादका कारण सिंगो समूह नै कार्यसमिति विवादित बनेको हो । समितिकै मातहतमा कार्यरत कर्मचारी निरौलाले कार्यसमिति सदस्य आचार्यलाई टिकट काट्ने क्रममा रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियोे । आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काटेर पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको र पछि टिकट माग्दा आँफूले च्यातेर फालिदिएको जवाफ दिएको आरोप लगाइएको छ । टिकट नपाएका पर्यटकलाई नै आँफूले सोधेको र उनले आँफूलाई काउण्टरबाट टिकट नै नदिएको बताएको निरौलाको आरोप छ । निरौलाले भने, ‘मैले उक्त व्यक्तिलाई नियालिरहेको थिएँ । पछि गएर उनलाई नै सोधेको पनि हो, तर उनले काउण्टरबाट टिकट नै नपाएको बताए ।’ बोटिङका कर्मचारी खुजुरा साट्न गएको समयमा आचार्य पुगेर केही समयका लागि बसिदिएको र सो समयमा भीड भएका कारण आचार्यले नै टिकट काटेर पर्यटकलाई बोटिङ गर्न पठाएको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी खनालले बताए । व्यक्तिले टिकट नलिएका कारण आचार्यले टिकट च्यातेर फालिदिएको र उनीसँग झोला नभएका कारण रकम गोजीमा नै राखेको सत्य भएको बताए । आचार्यले नियतवस नभइ पछि उक्त रकम कार्यालयमा बुझाएको र यस समस्या समाधान गर्ने खनालले अध्यक्ष खनालले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क