इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको तालतलैयामा जेठ ३२ गतेदेखि असार ९ गतेसम्म फुटबल हुने

सुनसरी / इटहरीमा यहीँ जेठ ३२ गतेदेखि असार ९ गतेसम्म तालतलैया च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । इटहरी २ स्पोटर्स एरिया फुटसल आपगाछिमा पत्रकार सम्मेलन गर्दै प्रथम तालतलैया च्यालेन्ज कपको आयोजनामा इटहरी २ स्थित बुढासुब्बा खेल मैदानमा फुटबल हुने भएको छ । प्रतियोगितामा सुनसरी , मोरङ , झापा र उदयपुर लगाएत विभिन्न टिम गरी १० टिमको सहभागी हुने छ । प्रतियोगितामा विजयी टिम नगद ५१,००० हजार उपविजेता टिमलाई नगद ३१,००० सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरीने भएको छ । खेलमा कुल लागत १२ लाख ३२ हजार हुने तालतलैया फुटबल कपका अध्यक्ष शंकर राईले बताए । खेलमा हरेक खेलको म्यान अफ दि पुरस्कार ,विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरीने भएको छ । खेल क्षेत्रमा युवाहरूलाई प्रोत्साहित गर्नका निम्ति उक्त प्रतियोगिताले सहजीकरण गर्ने तथा क्लबले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागी भइ विजयी भएको क्लबका सचिव रोसन भुजेलले बताए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क