इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको पानिपियामा बेहुली लिएर आउँदै गरेको गाडी दुर्घटना हुँदा पाँच जना घाइते

इटहरी / सङ्खुवासभाको सभापोखरीस्थित बिहेबाट बेहुली लिएर मोरङको सुन्दरहरैँचाको विराटचोकतर्फ आउँदै गरेको सुमो गाडी कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा आज आइतबार आज बिहानका राति दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । चालक निदाएका कारण बिहान १ः४० बजेतिर भएको दुर्घटनामा परेर बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । तीन जनाको अवस्था सामान्य छ । प्रहरीका अनुसार मोरङको विराट चोकतर्फ आउँदै गरेको मे १ ज १९८६ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकबाट १० मिटरजति तल खसेर रुखमा ठोक्किएको थियो । दुर्घटनामा चालक सुन्दरहरैँचा नगरपालिका–९ का ३३ वर्षीय कुमार कार्की, बेहुला सुन्दरहरैँचा–१० का २४ वर्षीय सविन आलेमगर, बेहुलाका बुवा ६४ वर्षीय यामबहादुर आलेमगर, बेहुली सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ की २४ वर्षीया सङ्गीता मगर र गाडीमा सवार इटहरी–३ का ४५ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये बेहुली र बेहुलाका बुवाको अवस्था गम्भीर छ । बेहुला, चालक र गाडीमा सवार एक जनाको अवस्था सामान्य छ । चालक निदाउँदा भएको दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क