इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको पिपलचोकमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु ,चार जना घाइते

इटहरी / इटहरीको पिपलचोकमा टेम्पो दुर्घटना धरानका बजगाईकाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा धरान–१५ मा बस्ने योगेन्द्र बजगाईं रहेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इटहरी-२ पिपलचोकस्थित पक्की कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ६१०८ नम्बरको तेलको ट्याङ्करमा सोही दिशातर्फबाट आउँदै गरेको को१ह ६४४१ नम्बरको टेम्पो पछाडिबाट ठक्कर खाई भएको सवारी दुर्घटनामा उनको ज्यान गएको हो ।अटोमा सवार उनी गम्भीर घाइते भएका थिए । घाइते बजगाईंको धरानस्थित बीपी प्रतिष्ठान ल्याइपुरयाउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । टेम्पो चालक धरान–१६ बस्ने वर्ष ४० को रोशन बस्नेत सामान्य घाइते भएका थिए । दुर्घटनामा धरान–१३ बस्ने वर्ष ३४ कि निलु बर्मा गम्भीर घाइते घाइतेकी भएकी छिन् । यस्तै, निजकै छोरी वर्ष ११ कि नियाशा बर्मा, वर्ष ४ कि बिप्याङ्की बर्मा सामान्य घाइते भएका थिए । टेम्पो, ट्याङ्कर चालक बराहक्षेत्र–८ बस्ने वर्ष ३४ को लवनारायण चौधरी इप्रका इटहरीको नियन्त्रणमा रहेको छ भने अटो तीब्र गतिमा कुदाइएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क