इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको माइती नेपालद्वारा तीन जनालाई इ-रिक्सा वितरण

सुनसरी / इटहरी २ मा बरगाछिमा रहेको माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले तीन जना महिलालाई इ–रिक्सा प्रदान गरेको छ । जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाएर आज बुधबार एक कार्यक्रम गरि गीता घिमिरे , सावित्रा भट्टराई , समिता राईलाई इ–रिक्सा प्रदान गरेको हो । माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै आएको बताइन् । कार्यक्रमा इटहरी उपमहानगरपालिकाका उप- प्रमुख संगिता कुमारी चौधरीले सो कार्यको प्रसंसा गरेकी हुन् । सो क्रममा इटहरी वडा नम्बर २ का वडाध्यक्ष माधव कोइराला, नागरीक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई लगाएतले बोलेका थिए । हिसांमा परेका महिलाहरुलाई आश्रय ,सिप र अवसर प्रदान गर्दै आएको माइती नेपालले धेरै महिलालाई सिपका माध्यमबाट आत्मनिर्भर वनाउने देखि पुनर स्थापनाका कामहरु गर्दै आएको छ । विगत देखि नै तालिम प्रदान गरी महिलाहरुलाई आत्मनिर्भरताका लागि सहयोग समेत गर्दै आएको माइती नेपाल इटहरी सुनसरीले यस पटक तीन जना महिलाहरुलाई सिटी सफारी वितरण गरेको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क