इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ

इटहरी | इटहरीमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा बिचौलियाको काम गर्ने नक्कली डाक्टरसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीमा रहेका यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालय क्षेत्रबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा नक्कली डाक्टरसहित १७ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र र सवारी साधन नामसारीका लागि आउने सेवाग्राहीसँग मोटो रकम असुल गर्दै आएको गुनासो आएपछि प्रहरी परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

बिचौलियाको काम गर्ने १७ जनालाई पक्राउ गरेका छौ, उहाँहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ, डीएसपी कार्कीले भने ।

उनले जिल्ला प्रहरी कार्यालय सुनसरी र इटहरी इलाका प्रहरी कार्यालय इटहरीको टोली परिचालन गरी एक जना नक्कली डाक्टरसहित १७ जना बिचौलिया नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

यातायात व्यवस्था कार्यालय (सवारी) र इटहरी सवारी तथा यातायात व्यवस्था कार्यालय इटहरी (सवारी चालक अनुमति पत्र) मा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता वेदराज फुयँलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सेवाग्राहीको गुनासो बढेपछि उनकै नेतृत्वमा अनुगमनसमेत गरिएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क