इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको हलगडामा ब'म भनेर सख्खर भेटियो

सुनसरी / इटहरी २ हलगडा चोक छेउमा हिजो दिउँसो ३ बजेतिर छाडेर गएको शं'कास्पद झोलामा आज सोमबार बम भनेर आ'शंका गर्दा स'ख्खर भेटिएको छ । सडकको फुटपाथमा छाडिएको शङ्'कास्पद झोलाका का'रण इटहरी २ स्थित हलगडामा त्रा'स उ'त्पन्न भएको थियोे । प्रहरीका अनुसार ट्रकबाट ओर्लिएका एक युवाले उक्त झोला हिजो आइतबार दिउँसो ३ बजेतिर त्यहाँ छाडेर गएका थिय । सडकको पूर्वतर्फ एउटा पसलनजिकको फुटपाथमा निलो रङको झोला छाडेर ती युवा त्यहाँबाट हिँडेको प्रहरीले जनाएको छ । ‘झोलामा सख्खर रहेको र कोही मान्छे लिन आउँछन् भन्दै उक्त झोला छाडेर पहिचान नखुलेका युवा त्यहाँबाट गएको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तर झोला भोलिपल्ट दिउँसोसम्म कसैले पनि नउठाएको र त्यही ठाउँमा रहेको पाइएपछि स्थानीयले आज सोमबार साढे १२ बजे प्रहरीलाई खबर गरेका हुन् ।’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्का नेतृत्वको टोलीले झोला भेटिएको स्थानलाई सुरक्षित राखेको छ । वरपर आवतजावतमा रोक लगाइएको थियोे भने सवारीसाधन चलिरहेका छन् । घटनास्थलमा नेपाली सेनाको टोली पनि पुगेको छ भने सेना र प्रहरीको टोलीले श'ङ्का'स्पद वस्तु पहिचानको प्रयास गरेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क