इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा क्यानभास साहित्य समाजद्वारा ‘प्रणय सृजना’ वाचन कार्यक्रम सम्पन्न

इटहरी / आज प्रणय दिवसको अवसर पारेर तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरेको थियो । इटहरी २० तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका थिए । क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीका अनुसार प्रणय दिवसको अवसर पारेर सृजना वाचन कार्यक्रम राखिएको हो । कार्यक्रमअघि सङ्गीत साधनाका तत्कालीन अध्यक्ष राम धामीको स्मृतिमा मौनधारण गरिएको थियो । उनले भने, ‘साहित्यिक गतिविधिमा सक्रिय भइरहनका लागि पनि यस्ता कार्यक्रमको आवश्यकता महसुस गरी आयोजना गरिएको हो ।’ विभिन्न समयमा साहित्यिक गतिविधि गर्दै आएको क्यानभार साहित्य समाजका अध्यक्ष भरत दाहालले बताए । उनका अनुसार तीन दर्जन बढी स्रष्टाहरूले रचना सुनाएका थिए । धरानका कवि चन्द्र गुरुङ, सुदीप पाख्रीन, बीरेन सुब्बा, विशाल नाल्बो, तीर्थराज विक, करुणा राई, एकराज थापा लगायतले कविता वाचन गरेका थिए । यस्तै, इटहरीकी टीका आत्रेय, राज आशातीत, जीबी गजल, विनोद विवश, प्रभास गौतम, मिश्रा गुरुङ, गोकर्ण खड्का, सोमराज सार्की, सन्जीप तिम्सिना, नवराज मैनाली, राधा रमा, विनय सरगम, किरण सिवा, सुमन रेग्मी, प्रमोद ढकाल र प्रो. निफोली लगायत इटहरीका कवि र गजलकारहरूले सृजना सुनाए । यस्तै, डा. भक्त राई, सन्तोष सुवेदी, सूर्य तामाङ, दीपा स्पन्दन, छबिना मगर, दीपा लुईँटेल, खगेन्द्र समरस, रोहिणी रसिक लगायतले सृजना वाचन गरे । कार्यक्रममा डा. रामजी तिम्सिना, अग्रज कवि बद्री भिखारी, इटहरी भाषा, साहित्य, कला प्रतिष्ठानका संयोजक कृष्णविनोद लम्साल, इटहरी साहित्य सङ्गीत प्रतिष्ठानका सह–संयोजक मणि गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । पृथक ढङ्गबाट सञ्चालन गरिएको कार्यक्रममा आमन्त्रित सबैलाई एकमुष्ट रूपमा स्वागत गर्दै कवि चन्द्र गुरुङको कविताबाट कार्यक्रम समापन गरिएको क्यानभास साहित्य समाजले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क