इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा चाडपर्व लक्षित गरेर थप २० जना प्रहरी परिचालन

इटहरी: चाडपर्वमा हुने आपराधिक घटना र विकृतिहरू नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी चाडपर्वमा हुने आपराधिक घटना तथा विभिन्न विकृतिहरू नियन्त्रणको लागि आइतबारबाट विशेष सुरक्षा योजना लागु गरी सुरक्षाकर्मीहरू परिचालन गरेको हो । सुनसरीमा तीव्र रूपमा बढेको लागू औषध सेवन र चोरीका घटनालाई समेत नियन्त्रण गर्नका लागि सुनसरीको दुहबीमा रहेको सुरक्षा गणबाट थप २० जना प्रहरी समेत मगाएर परिचालन गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । विशेष सुरक्षा योजना अन्तर्गत, मोबाइल गस्ती, सफारी गस्ती, सिआर भि भ्यान र सादा पोषकमा समेत प्रहरी परिचालन गरिएको प्रहरीको भनाई छ । इटहरी क्षेत्रमा प्रहरीका १६ युनिटमा १४ वटा मोटरसाइकल र विभिन्न ६ वटा गाडी मार्फत गस्ती सुरु गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क