इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा छात्राले लगाईन् प्रिन्सिपलमाथि ब´ला´त्कारको आरोप, दुई वर्षसम्म विद्यार्थी ब´ला´त्कार

सुनसरी / ईटहरीमा प्रिन्सिपलबाट सात वर्षअघि ब´लात्कार भएको घटना पीडित विद्यार्थीले सामाजिक सञ्चाल मार्फत सार्वजनिक गरेकी छन् । सौन्दर्य प्रतियोगिताको आयोजना भएको नाममा आठ वर्षअघि बलात्कृत भएको घटना पीडितले सार्वजनिक गरेलगतै अर्की किशोरीले शिक्षकले आफू पटक-पटक ब´लात्कृत भएको घटना पिडितले सामाजिक सञ्चाल मार्फत सार्वजनिक गरेकी हुन् । जसअनुसार, इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको होस्टेलमा बस्ने क्रममा प्रिन्सिपलले करणी गरेको किशोरीको आरोप छ । उनले विरामी भएको बेला स्कुलबाट अस्पताल लैजाने बहानामा होटलमा लगेर करणी गरेको पिडितले दाबी गरेकी छन् । करणीको भिडियो खिचेर आफूमाथि पटक-पटक ब्लाकमेलिङ गरेको पिडित किशोरीको भनाइ छ । यो घटना रूटिङ अफ इटहरी बन्द पेजमार्फत पनि घटना सार्वजनिक गरिएको छ । पिडितको पूरा बयान यसरी आफूमाथि भएको घटना सामाजिक सञ्जाल मार्फत लेखेकी छन् : सातवर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत थिएन तर अहिले न्यायका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ । घटना वर्ष २०७२–७३ को आसपासको हो । म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ । मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार ब´लात्कार गरे । म होस्टेलमा बस्ने गर्दिन र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो । मलाई त्यतिबेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो, त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो । प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सिधै होटेलमा लग्यो । उसले मलाई केहि खान भन्यो तर मैले मानिन । म डराइरहेको थिए र मलाई पसिना आइरहेको थियो र उसले मलाई ‘यता आउ यहाँ गर्मी हुदैन’ भन्दै कोठा तिर जान भन्यो । त्यतिबेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो र मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरी मानिन। त्यसपछि उसले मेरो स्कूलको ड्रेस च्यात्यो र मलाई ब´लात्कार गर्यो । उसले ब´लात्कार अर्थात् यसको भिडियो पनि बनायो र मलाई ब्ल्याकमेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो। यो क्रम मेरो एसइईसम्म २ वर्ष जारी रह्यो। बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई ब´लात्कार गर्यो । उसले मलाई बिदामा पनि घर जान दिएन, घर गयो भने मेरो पढाइ खस्किन सक्छ त्यसैले होस्टेलमा बस्नु राम्रो हुने भनी मेरो घरमा भन्यो । म माथिको मेरो भनाई स्पष्ट पार्छु। मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण चै छोरी राम्रो पड्दै छ र उसको लागि घर नजानु नै राम्रो हो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो । त्यहि भरोसाको कारण मेरो बुवाले उसको खातामा पैसा पठाउनु हुन्थियो । मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधै होस्टेलमै हुन दिनु, मेरो आमा स्कूलबाट ५ मिनेट टाढा बस्नु हुन्थियो र पनि मलाई प्रिन्सिपलले अस्पताल लैजान दिनु भयो, यो सब फिल्मी जस्तो सुनिन्छ नि होइन रु तर यो मेरो जीवनको वास्तविक कथा हो। मैले मेरा साथीहरूलाई भएका हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन्। म बाल्यकालदेखि नै हँकी स्वभाव र बोल्ने खालको थिएँ, त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ । मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भने उसको त्यतिबेला श्रीमती र एक छोरा थिए, तर उनले पनि मेरो लागि बोलिन। मैले स्कुलमा ३ पटक ९२ वर्ष भित्र आत्महत्या गर्ने असफल प्रयास गरे। न म मरे, न मेरो समस्या समाधान भयो । एसइई सकेपछि परिवारलाई यो कुरा भन्ने हिम्मत जुटाए तर न्याय पाइनँ, त्यो ब´लात्कारी फरार भयो र मेरो मुद्दा अझै चलिरहेको छ, उनीहरू भन्छन् । जब म फलोअप गर्थें, प्रहरीले कहिले ब´लात्कारीलाई खोज्दैछौ भन्छ । ७ बर्ष भैसक्यो तर ब´लात्कारी कहाँ छ र अन्तिममा मैले न्याय पाउने आशा गुमाए र प्रहरीलाई फलो अप गर्न छोडें, तर जब सामाजिक सञ्जालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छु र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु । ब´लात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु । न्याय पाउने आशा लिएर ७ वर्ष सम्म मै सँग मात्रै रहेको मेरो कथा आज सेयर गर्दैछु भनेर पिडितले सामाजिक सञ्चाल मार्फत भनेकी छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क