इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा जथाभावि राखीएका होर्डिङ्ग बोर्ड, ब्यानर र तारहरु हटाउन सुरू

सुनसरी / इटहरीमा जथाभावि राखीएका होर्डिङ्ग बोर्ड, ब्यानर र तारहरु हटाउन सुरू गरिएको छ । ‘बुल्स ११ क्लब’ इटहरीको आयोजनामा इटहरी ६ का वडाध्यक्ष दिवस पोख्रेलसहितको सक्रिय सहभागितामा हिजोबाट शनिबारदेखि इटहरीको मुख्य चौक आसपासमा जथाभावी रूपमा राखिएका होर्डिङ बोर्ड, ब्यानर र यत्रतत्र रहेका बिजुलीका तारहरू हटाउन सुरु गरिएको हो । वडाध्यक्ष पोख्रेलका अनुसार जथाभावी रहेका ब्यानर, तार र होर्डिङ बोर्डले सहर कुरुप बनेका कारण हटाउन सुरू गरिएको र अनुमतिबिना बिजुलीका पोलमा राखिएका बोर्डहरू र यत्रतत्र रहेका तार व्यवस्थित गर्न सुरू थालिएको बताए । नेट र केवल कम्पनिहरुलाई पटक पटक अनुमति बेगर जथाभावि राखीएका तथा लत्रीएका ताहरु हटाउन आग्रह गरेका थियौ तर चासो नदिएकाले लत्रीएका तारहरु काटेको उनले बताए । पोलहरूमा जथाभावी अव्यवस्थित तरिकाले राखिएका विभिन्न नेट केबलका तारहरूले इटहरीको सुन्दरतामा असर पुगेको उनको भनाइ छ । बुल्स ११ क्लबका उपाध्यक्ष रामु राईले इटहरीमा आँफूहरूले सरसफाई कार्यक्रमको आयोजना गर्दै आएकाले समाजको सकारात्मक हितका निम्ति आगामी दिनमा पनि काम गर्ने बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क