इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा ट्रक र मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु

सुनसरी / इटहरीको कान्छी चोकमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय इटहरीका अनुसार हिजो मंगलबार राति ९ बजेतिर इटहरी वडा नम्बर- १७ कान्छी चोकमा पूर्व- पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स ५ प ७८८ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४१७१ नम्बरको ट्रक एकापसमा ठक्कर भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका - ९ बस्ने ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । 'एन्टीलाइट' भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क