इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा तालतलैया जाने सडक निर्माण कार्य तीव्र गतिमा

इटहरी | इटहरी उपमहानगरपालिकाको प्रमुख पर्यटकीय स्थल तालतलैयासम्म पुग्ने सडक, जो लामो समयदेखि जीर्ण र अव्यवस्थित थियो, अहिले निर्माण भइरहेको छ। वर्ल्ड बैंकको लगानीमा निर्माणाधीन यो सडक इटहरी २, ३ र ४ नम्बर वडालाई जोड्ने गरी निर्माण भइरहेको हो।

यो सडकले इटहरीको पूर्वी भागको तालतलैया गेट नजिकको भेटघाट चौक हुँदै तालतलैयासम्मको यात्रा सहज बनाउनेछ। निर्माण कार्य पूरा भएपछि, यो सडकले इटहरी २, बरगाछीसम्म विस्तार गर्दै धरान र इटहरीबीचको दूरी घटाउने मात्र होइन, व्यापारिक, कृषि र पर्यटकीय गतिविधिलाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

सडक निर्माणको लागि कुल ७३ करोड ८० लाख रुपैयाँको बजेट छुट्याइएको छ। नेपाल सरकारले वर्ल्ड बैंकबाट ऋण लिएको र उपमहानगरलाई अनुदान दिएको जानकारी इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले दिएका छन्। यो सडकको कुल लम्बाइ ८.५ किलोमिटर रहने र इटहरी २ मा ३२ फिट, इटहरी ३ मा ६० फिट, र इटहरी ४ मा ५० फिट चौडाइको बनाइने छ।

निर्माण कार्य गत असार ३ गतेदेखि थालिएको हो र २०८२ सालको असारसम्म काम पूरा गर्ने लक्ष्य राखिएको छ। सडकको पिच ५० एमएमको हुने प्राविधिक मापदण्ड अनुसार निर्माण भइरहेको छ।

सडकको जीर्ण अवस्थाले स्थानीय बासिन्दालाई लामो समयसम्म समस्यामा पारेको थियो। वर्षायाममा खाल्डोमा पानी जम्ने र हिउँदमा धुलाम्मे हुने समस्याबाट स्थानीयहरू सशक्त रुपमा प्रभावित थिए। इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले यो सडकले इटहरी र धरानका बासिन्दाको जीवनमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे। "नेपाल सरकारले तयार पारेको घुम्नैपर्ने १०० स्थानहरूको सूचीमा परेको तालतलैया क्षेत्रलाई पर्यटकीय हिसाबले विकसित गर्ने यो परियोजना स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ," उनले भने।

सडक निर्माण कार्यको लागि इन्जिनियर जीवन घिमिरेले हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको र निर्धारित म्यादभित्रै काम पूरा हुने विश्वास व्यक्त गरेका छन्। यो सडक बनेपछि धरान र इटहरीको बीचको दूरी करिब ८ किलोमिटर मात्र हुनेछ, जसले व्यापारिक गतिविधिहरूलाई फस्टाउनेछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क