इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

सुनसरी : इटहरीमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएका छन् । मंगलबार राति करिब साढे ९ बजेतिर इटहरी ३ शान्तिचौक स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को ३१ प ६९४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २१ प ६४३१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा को २१ प ६४३१ नम्बरको मोटरसाइकलको पछाडि सवार धनकुटा महालक्ष्मी नगरपालिका ८ बस्ने अन्दाजी २६ वर्षीय दीपक मिरिङचिङ मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मोटरसाइकल चालक इटहरी ३ बस्ने ३० वर्षीय सागर तामाङ गम्भीर घाइते भएका छन् । उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै, को ३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा ९ बस्ने १८ वर्षीय साहिम थापा मगर र इटहरी ४ बस्ने २० वर्षीया स्नेहा सुब्बा सामान्य घाइते भएका छन् । उनीहरूको इटहरीमै उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क