इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा दैनिक हात्तीको आतंक, स्थानीयबासि रातभरि जाग्राम बस्नु पर्ने

इटहरी / इटहरी वडा नम्बर २ , ३ र १९ मा एक सातादेखि जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेक‍ छ । इटहरी २ को शान्तिनगरमा बेलुका हुने साथ जङ्गली हात्ती बस्ति तिर आऊने गरेको एक हप्ता भईसकेको छ । स्थानीयहरू रातभरि जाग्राम नै बस्नु पर्ने बाध्यता रहेको छ । इटहरी २० र इटहरी २ मा पर्ने बन क्षेत्र आसपास बस्ने स्थानीयबासीहरु त्रसित बनेको छन । रातको समयमा हात्ती बस्ती छिरे धेरै क्षती हुन सक्छ त्यसैले अहिले सडक क्रस हुन नदिन स्थानियहरु रातभर जाग्रम बस्दै आएका इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाले बताए । सर्वसाधरणहरुलाई सचेत रहन आग्रह समेत गरेका छन । बाटोहरुको पोलहरुका केही ठाउँमा बत्ती बाल्ने काम उपमहानगरले गरिसकेको छ । इटहरी- २ शान्तिनगर , बौका , इटहरी १९ ब्रह्रम्पुर र भवानीपुर क्षेत्रमा दिउँसो नै हात्ती आतङ्क मच्चिएपछि स्थानीयहरू त्रसित बनेका हुन । छावा सहित ४ वटा हात्तीहरू बस्ति तिर आएपछि भवानीपुरका स्थानीयहरूले जिउ ज्यानको सुरक्षा माग गरेका छन् । जङ्गली हात्तीको समूहले हिजो मङ्गलवार बिहान मात्रै ४ वटा घरमा क्षति पुर्‍याएको छ । भवानीपुरका विष्णु राईको घरमा ४ वटा हात्ती छिरेर कटेज भत्काएको छ । पटक पटक उपमहानगरसँग हात्ती नियन्त्रणको माग गर्दै आएपनि कुनै सुनुवाइ नभएको स्थानीय बासिन्दाले बताए । सम्बन्धित सरोकारवालाहरू सँग एक प्रकारको छलफल भइरहेको र चाडै नै यो समस्या हल हुनेमा आफू विश्वस्त रहेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनु भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क