इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघको दोस्रो साधारण सभा

इटहरी / नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघको प्रदेश १ को अध्यक्षमा जिपि तिवारी निर्विरोध निर्वाचित भएका छन् । हिजो शनिबार इटहरीमा रहेको उद्योग बाणिज्य संघको सभाहलमा दोस्रो साधारणसभा कार्यक्रम भएको थियोे । नेपाल आयुर्बेद औषधि ब्यबसायी संघ प्रदेश नम्बर १ का माननीय स्वास्थमन्त्री जयराम यादबको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियोे । विशिष्ट उपस्थिति इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम रहेको थियो । त्यसैगरी,उपाध्यक्षमा बिनोद बस्नेत , महिला उपाध्यक्षमा उर्मिला कुमारी ढकाल , सचिवमा तीर्थराज अधिकारी , सह-सचिवमा गोपाल काफ्ले र कोषाध्यक्षमा गोमा उप्रेती चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा मेमा प्रसाद शाह , बिन्दु खनाल , सुजाता कार्की , वीरबहादुर विश्वकर्मा , मोहन श्रेष्ठ , यमनाथ दाहाल , मीना प्रसाई , बिक्रमचन्द्र ठाकुर , टेकबहादुर श्रेष्ठ , यामनाथ रिजाल , फडिन्द्रराज भण्डारी र तेजबहादुर कटुवाल चयन भएका छन् । कोरोना महामारीले गर्दा आयुर्वेदिक अौषधी व्यवसायी संघले यस वर्ष अघि विभिन्न कार्यक्रम गर्न नपाएको थियो भने यस वर्ष गरेको छ । आयुर्वेद अौषधी व्यवसायी संघ प्रदेश १ मा योगदान गर्नु हुने चार जनालाई अवाड अर्थात् कदर पत्र वितरण गरिएको थियोे । आयुर्वेद ज्यादै पुरानो रहेकाले हामिले सबैे प्रयोग गर्दै आउनु पर्छ भनेर इटहरी कि उपमेयर लक्ष्मी गौतमले बताएन् भने कार्यक्रमको समापन अध्यक्ष जगत बहादुर भट्टराईले गरेका थिय ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क