इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा नौमति बाजा संरक्षणका लागि तालिम

इटहरी उपमहानगरपालिका वडा नं. १७ मा स्थित जन एकता आमा समूहको आयोजनामा एक महिने नौमति पञ्चेबाजा तालिम सम्पन्न भएको छ। नेपाली समाजमा लोप हुँदै गएको बाजा संस्कृतिको संरक्षणका लागि आयोजित यस तालिममा २० जना महिला सहभागी बनेका थिए। तालिम समापन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित इटहरी उपमहानगरपालिकाकी उप प्रमुख संगीता कुमारी चौधरीले सिकेको सिपलाई व्यवहारमा ल्याउन आवश्यक बाजा बजाउने सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्। जन एकता आमा समूहकी अध्यक्ष विष्णु कुमारी खड्काले लोप हुँदै गएको बाजा संस्कृतिको उत्थानका लागि यस्तो तालिम आवश्यक रहेको बताउँदै कार्यक्रम आयोजना गरिएको बताइन्। कार्यक्रममा १५ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिमकी सहभागी विष्मा बस्नेतले यस्ता तालिमले बाजा संस्कृतिको संरक्षणसँगै रोजगारीका अवसर पनि सिर्जना गर्ने बताइन्। प्रशिक्षक विद्या घिमिरेले उनीहरूलाई बाजा बजाउने सिप प्रदान गरेका थिए। कार्यक्रममा स्थानीय टोल विकास संस्था लाटीमाईका अध्यक्ष रोसन बन्जरा, उपाध्यक्ष सावित्रा खड्का लगायतको उपस्थिति रहेको थियो। जन एकता आमा समूहले २०७५ सालदेखि स्थापना भएर सामाजिक कार्यदेखि आर्थिक सहयोगसम्म गर्दै आएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क