इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा पनि श्रीकृष्णको रथयात्रा निकालेर मनाइयो जन्मअष्टमी

सुनसरी / श्रीकृष्ण जन्माष्टमीका अवसरमा इटहरीमा आज रथयात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएको छ । राधाकृष्ण रथयात्रा समारोह समितिले रथयात्राको आयोजनाहरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा दुई हजार बढीको सहभागिता रहेको थियोे । विगतका वर्षहरूमा धूमधामसँग मनाइने ‘श्रीकृष्ण जन्माष्टमीलाई यो वर्ष पनि मनाईएको छ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्रा इटहरीको गौरवका रुपमा मनाइँदै आएको छ । आज देशै भरि मनाइने श्रीकृष्ण जन्माष्टमीको अवसरमा इटहरीको राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रा इटहरी चोक , आर्मी क्याम , इटहरीको बुढी खोला र पुन: इटहरी हुँदै पुन राधाकृष्ण मन्दिर परिसरमा पुगेर रथयात्राको बिसर्जन गरिने छ । रथयात्रामा लाखे नाच समेत प्रस्तुत गरिएको थियो । रथयात्राको अवसरमा कोशी प्रदेश सरकारले एक दिनलाई सार्वजनिक बिदासमेत दिएको थियोे । रथयात्रालाई व्यवस्थित बनाउन, इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यलय इटहरी , ट्राफिक प्रहरी कार्यलय इटहरी र सरोकारवाला निकायलाई जिम्मेवारी प्रदान गरिएको छ । रथ परिक्रमास्थलका पोल तथा घरहरुमा राधाकृष्णको चित्र अंकित झण्डा र पोस्टर तथा ध्वजापताका टांगिएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क