इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा पनि २९ औ विश्व आदिवासी जनजाति दिवस मनाइयो

सुनसरी / इटहरीमा पनि २९ औ विश्व आदिवासी जनजाति दिवस मनाइएको छ । बुधबार विभिन्न जातजातिका झाँकि सहितको र्‍यालीका साथ इटहरी मुख्य चाैकमा कार्यक्रमकाे आयाेजना गरि दिवस मनाइएको हाे । नेपाल आदिवासी जनजाति महासंघ इटहरीकाे आयाेजनामा सम्पन्न कार्यक्रमकाे समुद्घाटन इटहरी उपमहानगरपालिकाका नगर- प्रमुख हेमकर्ण पौडेलले गर्नुभएकाे थियाे । कार्यक्रममा वक्ताहरूले विश्व अधिकार र पहिचानकाे लडाइँमा अघि बढिरहेको बताए । एकलनश्लिय साेचका कारण सरकारबाट सधै उत्पिडनमा आदिवासीजनजाति परेकाे भन्दै अब दमनलाई सहेर नबस्ने बताए । कार्यक्रममा बाेल्दै प्रदेशमा आदिवासी जनजाति तथा उत्पिडनमा परेकाहरूकाे मतबाट सत्ताराेहण भएकाहरूले पहिचानकाे मुद्दालाई दबाउने काम गरेकाे आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुप्पा राईले बताए । साथमा विभिन्न जातिय संस्थाहरूको साँस्कृतिक नृत्य समेत प्रस्तुती भएको थियोे । नेपाल आदिवासी जनजाति महासंघउपाध्यक्ष युवराज जिरेल , गायक उर्गेन दोङ, दिपेन्द्र राईले आफ्नो प्रस्तुति गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क