इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा पनि ४४ औं विश्व पर्यटन दिवस प्रभातफेरी कार्यक्रम गरि मनाइयो

सुनसरी : इटहरीमा पनि ४४ औं विश्व पर्यटन दिवस इटहरीमा प्रभातफेरी कार्यक्रम गरि मनाइएको छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी,तालतलैया विकास तथा संरक्षण समिति इटहरी सुनसरी, प्रिमियर होटल स्कुल इटहरी सुनसरी , होटल तथा लज व्यवसायी समिति इटहरी , सि.वि. कलेज सुनसरीको संयुक्त आयोजनामा आज बिहनन ८ बजे इटहरीमा प्रभातफेरीको आयोजना गरी ४४ औं विश्व पर्यटन दिवस मनाएको छ । इटहरीको पश्चिम लाइनमा रहेको हिरा होटल सुरू भएको प्रभातफेरी इटहरी चोक, सङ्गीत चोक , इटहरी उपमहानगरपालिका अगाडि इटहरीको पुर्व लाइनमा रहेको मितेरी होटलमा गएर कोड सभा गरि विश्व पर्यटन दिवस मनाएर सम्पन्न गरेको हो । कोशी प्रदेशकै इटहरीलाई पर्यटन मैती वातावरण बनाएर पर्यटन फस्टाउने उदेश्य यो कार्यक्रम आयोजना गरिएको जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरी अध्यक्ष तेजबहादुर पुरिले बताउनुभयो । विश्व पर्यटन दिवस सफल बनाउ , पर्यटक हाम्रा पाउना हुन् ,पर्यटकीय क्षेत्रहरूको विकास गरौं लगाएत विभिन्न नाराका साथ विश्व पर्यटन दिवस मनाइएको पर्यटन व्यवसायीले बताए । त्यस्तै , नेपालमा पर्यटन खस्किदै गएको अवस्था पर्यटन फस्टाउनका लागि प्रभातफेरी कार्यक्रम गरिएको तालतलैया विकाश तथा संरक्षण समितीका अध्यक्ष लक्ष्मीप्रसाद खनालले बताउनु भयो । आन्तरिक तथा बाह्य पर्यटन नेपाल भ्रमण गर्न आउन समेत उनले आग्रह गर्नु भयो । कार्यक्रममा सिवि कलेजका प्राचार्य खेमराज बास्तोला, होटल तथा लज व्यवसायी समितिका महासचिव दिपक पोख्रेल लगायत प्रिमियर होटल स्कुल र सिवि कलेजका ५ सय बढी विद्यार्थी , प्रहरी , होटल तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते