इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाइयो

सुनसरी / प्रत्येक वर्ष मनाउँदै आएको पृथ्वीनारायणको जन्मजयन्ती यस वर्ष पनि इटहरीमा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा एकता दिवस भव्य रुपमा मनाइएको छ । इटहरीमा विगत १० वर्ष अगाडि देखि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पृथ्वी नारायण शाहको योगदानको विषयमा चर्चा र स्मरण गर्दै मनाउने गरिएको छ । भेषजा काफ्लेको संयोजकत्वमा आयोजना गरेको कार्यक्रममा प्रमुख बक्ताका रुपमा संस्कृति विज्ञ प्रा.डा.धनबहादुर कुँवरले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान लगायतका विषयमा चर्चा गरेका थिए । पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायणको स्वरुपमा मानिसलाई सजायर घोडामा सवार गराउँदै मुख्य चौक क्षेत्रमा परिक्रममा सहितको र्याली निकालियो । र्यालीमा विभिन्न जातजातिका मानिसहरुले जातिय भेषभुषा सहित सहभागिता जनाएका थिए । र्यालीपछि आयोजित सभालाई प्रमुख वक्ता कुँवर सहित पुर्व मन्त्री रामकुमार सुब्बा, इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, प्रा.डा.बद्रीविशाल पोखरेल, लक्ष्मी थेवे लगायतले पृथ्वी नारायण शाहको योगदान र जीवनीका विषयमा चर्चा गरेका थिए । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क