इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस मनाइयो

इटहरी : इटहरीमा पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा एकता दिवस भव्य रुपमा मनाइएको छ । प्रत्येक वर्ष मनाउँदै आएको पृथ्वीनारायणको जन्मजयन्ती यस वर्ष पनि भव्यताका साथ मनाइएको हो । इटहरीमा विगत ११ वर्ष अगाडि देखि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पृथ्वी नारायण शाहको योगदानको विषयमा चर्चा र स्मरण गर्दै मनाउने गरिएको छ ।  शुक्रबार इटहरी पश्चिम ट्याम्पो स्टेन्डमा आयोजना गरीएको कार्यक्रममा प्रमुख बक्ताका रुपमा डा.जगमान गुरुङ्गले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान लगायतका विषयमा चर्चा गरे । पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायणको स्वरुपमा मानिसलाई सजाएर घोडामा सवार गराउँदै मुख्य चौक क्षेत्रमा परिक्रममा सहितको र्‍याली निकालिएको थियो । र्‍यालीमा विभिन्न जातजातिका मानिसहरुले जातिय भेषभुषा सहित सहभागिता जनाएका थिए । र्‍यालीपछि आयोजित सभालाई प्रमुख वक्ता गुरुङ्ग सहित पुर्व मन्त्री रामकुमार सुब्बा , प्रा.डा.बद्रीविशाल पोखरेल लगायतले पृथ्वी नारायण शाहको योगदान र जीवनीका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा केही समय अघि इटहरीमा “पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा भुमिका” बिषयमा भएको स्कुल र कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने वक्ताहरुले आफ्नो प्रस्तुति दिएका थिए । सो कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख, पदाधिकारी, विभिन्न पेशा व्यवसायका मानिसहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क