इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा प्रेस युनियन स्थापना दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

सुनसरी / नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन सुनसरीले इटहरीमा प्रभातफेरी कार्यक्रममा आयोजना गरेको छ । आज शुक्रबार इटहरी उपमहानगरपालिकाबाट शुरु भएको प्रभातफेरी इटहरी चौक परिक्रमा गरि इटहरी उपमहानगर अगाडि कोण सभामा परिणत भएको थियो । कोणसभामा प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष एवम् प्रदेश सचिव धनबहादुर पुरीले निर्माण हुन लागेको प्रेस युनियन सुनसरीको भवन निर्माणको लागि ५१ हजार रकम सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्यद्वय अमर खड्का, इकवाल अहमद, प्रेस युनियन प्रदेश १ सचिव धनबहादुर पुरी, पत्रकार महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौलाले प्रेस युनियनको ३१ औं स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए । यस्तै, पत्रकार महासङ्घका केन्द्रिय सदस्य इकवाल अहमदले २५ हजार नगद सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । प्रेस युनियन सुनसरीले इटहरी १७ मा आफ्नै भवन निर्माण गर्न लागेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क