इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा 'मानवताका लागि योग आवश्यक' भन्ने मूल नाराको साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सुनसरी : जुन महिनाको २१ औं तारिख अर्थात् असार ६ गते आज इटहरीमा शान्ति र्याली गर्दै नवौ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । इटहरी उपमहानगरपालिका स्वास्थ्य महासाखा, आयुर्वेद समूह इटहरीको आयोजनामा गरिएको र्यालीमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इटहरी ,नेपाल आयुर्वेद स्वास्थ्य सहकर्मी समाज इटहरी, जीवन विज्ञान लगायत विभिन्न संघ सस्थाहरुबाट ४ सय भन्दा बढी व्यक्ति हरुको उपस्थिति रहेको थियो। मानवाताका लागी योग मुख्य नारा रहेको कार्यक्रममा जीवनका लागि योग, स्वास्थ्यका लागि योग जस्ता नारा सहित इटहरी चोक परिक्रमा गर्दै इटहरी उपमहानगरपालिकाको प्राङ्गडमा पुगेर कोड सभा गर्दै कार्यक्रम अन्त्य गरिएको थियो । इटहरी उपमहानगरकालिका स्वास्थ्य महाशाखा अन्तर्गत रहेको आयुर्वेद प्रमुख मनोज कुमार यादव को अध्यक्षता तथा इटहरी वडा नम्बर १९ का वडा अध्यक्ष नारायण चौधरीको प्रमुख आतिथ्यतामा "मानवताका लागि योग आवश्यक'' भन्ने मूल नाराको साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय योग दिवस मनाउन सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरे पश्चात नेपालका तत्कालीन प्रधानमन्त्री स्व‍. सुशील कोइरालाले समर्थन गरे सँगै २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क