इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुनसरी | इटहरीमा मोटरसाइकलले ठक्कर दिँदा इटहरी ४ हलगढाका एक युवक साइकलयात्री मृत्यु भएको छ । हिजो आइतबार राति करिब ७ बजेतिर इटहरी - ४ तुलसा टोलस्थित कोसी राजमार्गमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियोे । मोटरसाइकलको ठक्करबाट मृत्यु हुनेमा संखुवासभा आँखिभुइ घर भइ हाल इटहरी- ४ हलगढामा बस्ने अन्दाजी ३० वर्षीय सरोज कार्कीको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको इटहरीको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक संखुवासभा धर्मदेवी- ३ का अन्दाजी ३० वर्षीय प्रेम ग्याजुङ शेर्पाले ठक्कर दिएपछि तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क