इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु

इटहरी | इटहरीको आँपगाछी चोक नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।** आज दिउँसो करिब १२:३० बजे प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा इटहरी-५ तुलसा टोलका २४ वर्षीय नीरज बजगाईंको मृत्यु भएको हो।

घटनालगत्तै गम्भीर घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि न्यूरो अस्पताल धरान पुर्याइए पनि, उपचारकै क्रममा डाक्टरले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक बजगाईंको मोटरसाइकल चालक अनुमति पत्रमा ठेगाना इटहरी-२ उल्लेख छ। दुर्घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क