इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा राजश्व कार्यालयको छड्के अनुगमन , व्यापारीहरूले विरोध गर्दै कार्यलय घेरे

सुनसरी / इटहरी ६ संगीत चौकमा रहेका केही पसलहरूमा इटहरीको आन्तरिक राजश्व कार्यालयले छड्के अनुगमन गर्दा व्यापारीहरूले भने विरोध पनि गरेका हुन् । आर्थिक तरलताकाबीच छापामार शैलीमा नियोजित ढंगले अनुगमन गरेर व्यापारीहरूलाई दुःख दिन खोजेको , आर्थिक तरलताका कारण व्यापारलाई प्रत्यक्ष असर परेको र व्यापारीहरू बैँकको बढेको ब्याज तिर्न नसकिरहेको समयमा राजश्वको छापाले गलत सन्देश दिने भन्दै व्यापारीहरूले छापामार शैलीमा भएको अनुगमनको विरोध गरिएको थियोे । इटहरीका व्यापारीहरूले अनुगमन रोक्न अनुरोध गरेको र त्यसमा राजश्व कार्यलयको समूह सकारात्मक भएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । सोही अनुगमनमा उद्योग वाणिज्य संघको अगुवाईमै होटल व्यावासायी संघ इटहरीका अध्यक्ष पराजुलीको नेतृत्वमा व्यापारीहरूले राजश्व कार्यालय गएर घेराउ समेत गरेका थिए र कर कार्यालयले व्यापारमै धराशयी हुनेगरी अनुगमन गरेको उनको व्यापारीहरूको आरोप छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क