इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा राष्ट्रिय धान दिवस अवसरमा रोपाइँ महोत्सव मनाइयो

सुनसरी : राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयले भब्यताका साथ धान दिवस मनाएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा रहेको असार १५ लाई धान दिवसको अवसरमा "जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि" नारा सहित कृषि अनुसन्धान निर्देशनालयका जग्गाहरूमा करिब ३० हेक्टर विघामा धान खेति लगाएको छ । सोही ठाउँमा स्थानीय , कृषि अनुसन्धान केन्द्रका कर्मचारी लगाएतहरूले धान रोपेर २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएकोे हो । पछिल्लो समयमा कृषि मजदुरहरु पाउन समस्या भईरहेको तर्फ मध्यनजर गर्दै कम जनशक्ति र लागतमा धान खेती गर्न सकिने ड्रमसिडर प्रविधिको प्रयोगमा जोड दिदै कृषि अनुसन्धान निर्देशनालय पनि राष्ट्रिय धान दिवस मनाएको हो । किसान मैत्री महिला मैत्री हुने हिले छरूवा धान खेति प्रविधि सहित ड्रम प्रविधिले धान रोपिएको कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक केसव प्रसाद श्रेष्ठले बताए । कार्यक्रममा इटहरी उपमाहानगरपालिका वडा नं. २ का अध्यक्ष माधव कोइराला र इटहरी २० का अध्यक्ष मणीराम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा विभिन्न जिल्लामा रोपाइँ गर्दै धान दिवस मनाएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क