इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा व्यवस्थित बसपार्क बन्ने

इटहरी- इटहरीमा व्यवस्थित बसपार्क बन्ने भएको छ । हालको बसर्पाक पुरानो र अव्यवस्थित भएपछि त्यसलाई स्तरोन्नति गर्दै अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएको हो । नगर विकास कोषको ऋण लगानी ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा बसपार्क निर्माण गर्न लागिएको हो । बसपार्क भवनको नगर प्रमुख हेमकर्ण पौडेलले शिलान्यास गरेका छन् । भवन शिलान्यास कार्यक्रममा उपप्रमुख संगिता चौधरी, वडा न.६का अध्यक्ष दिवस पोख्रेल र वडा न. ९का अध्यक्ष जितेन थापा लगायत उपमहानगरका कर्मचारीको उपस्थित रहेको थियो । बसपार्क निर्माणका लागि श्री अर्थ÷हाम्रो÷श्रीमान् जे.भी. हेटौँडाले ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का लिएको छ । एक बिगाहा क्षेत्रफलमा फैलिएको बसपार्कमा तीन तलाको भवन निर्माण हुने छ । जहाँ व्यवस्थित पार्किङ स्थल, टिकट काउन्टर, सोधपुछ कक्ष, यात्रुप्रतिक्षालय हुनेछ । दोस्रो र तेस्रो तलामा मार्केटका लागि सटर हुनेछ । सभाहल र रेस्टुरेन्ट पनि हुनेछ । निर्माण सुरु भएको १८ महिनामा सम्पन्न हुने लक्ष्य लिएको छ । दुई दशक अघि निर्माण भएको बसपार्क साँघुरो र अव्यवस्थित हुँदा बसपार्क पूर्ण रूपमा प्रयोगमा आउन सकेको थिएन । नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । बसपार्क निर्माण सम्पन्न भएसँगै पार्किङको समस्या समाधानमा सहयोग पुग्ने मेयर पौडेलले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क