इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा शनिबारबाट हिसान सुनसरीद्वारा दुई दिने पाठ्यक्रम अभिमुखीकरण कार्यशाला सुरू

सुनसरी | इटहरीमा हिसान सुनसरीद्वारा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघले दुई दिने पाठ्यक्रम अभिमुखीकरण कार्यशाला सुरु भएको छ । इटहरीमा शनिबारबाट सुरु कार्यशाला आइतबार समापन हुने गरि कार्यशालामा कक्षा ११ र १२ अन्तर्गत अनिवार्य विषयहरू नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयका शिक्षकहरूलाई पाठ्यक्रम अभिमुखीकरण गराइने अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए । अभिमुखीकरण कार्यशालामा सुनसरीका निजी तथा सामुदायिक विद्यालयका २–२ जना गरी जम्मा १ सय ५० जना बिषयगत शिक्षक शिक्षिकाको सहभागिता रहेको छ । कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरूलाई पाठ्यक्रम विकास केन्द्रका प्रशिक्षकहरु डा. बामदेब अधिकारीले अनिवार्य अंग्रेजी, इन्दु खनालले अनिवार्य नेपाली, हेमराज खतिवडाले सामाजिक र जगन्नाथ अधिकारी तथा केशवराज फुलाराले गणित बिषयको सहजीकरण गर्ने हिसान सुनसरीका सचिव हेमन्त भण्डारीले बताए । कार्यक्रममा शैक्षिक गुणस्तर उकास्न सरकारी प्रयास पर्याप्त नभएको बेला निजी विद्यालयहरुको संगठनबाट यस्तो कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको हिसानका केन्द्रिय सल्लाहकार लेखनाथ घिमिरेले बताए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क