इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा श्वास नै रोकिने गरी फैलिएको धुवाँ

सुनसरी | सुनसरी र मोरङका केही भागमा आँखै पोल्ने गरी धुवाँ फैलिएको छ । मध्य रातीदेखि धुवाँ र तुवाँलो फैलिएपछि चिसोसमेत बढेको छ । पूर्वमा सुन्दरहरैंचा र पश्चिममा रामधुनी नगर क्षेत्र भरी धुवाँ फैलिएको छ । इटहरी–धरान सडक खण्डमा रहेको चारकोसे झाडीमा मध्यरातदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमा समेत समस्या भइरहेको छ । यस क्षेत्रमा धरान हुँदै पहाडी जिल्ला जाने सयौँ यात्रुहरू आवतजावत गर्छन् । तर, जताततै धुवाँ फैलिएका कारण बाटो हिँड्ने यात्रुहरूलाई समेत समस्या भइरहेको छ । मध्यरातदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमानसमेत समस्या भएको स्थानीय राजु बस्नेतले जानकारी दिए । "जङ्गलमा आगो लाग्यो कि , सेउतीमा फोहोर डढाएको धुवा हो गाउँमा आएर श्वास फेर्नै गाह्रो भयो ! रोगी र जेष्ठ नागरिकलाई समेत समस्या भएको उनको भनाइ छ ।"उनले तत्काल आगो निभाउनका निम्ति नियामक निकायले चासो दिनुपर्ने बताए । इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्पनारायण चौधरीले यसबारे आफूले बुझ्ने र डढेलो लागेको भए वन कार्यालयसँग समन्वय गर्ने बताए । वराहक्षेत्रको जङ्गल क्षेत्रमा डढेलो लागेको र त्यसबाट धुवाँ फैलिएको उनले बताए । उनले अहिले पनि धरान उपमहानगर र वन कार्यालयसँग समन्वय गर्ने बताए । आवश्यक परेको अवस्थामा दमकलबाट पानी लगाएर आगो निभाउने उनको भनाइ छ । खास गरी घाँस नपलाउँदा घाँसका लागि डढेलो लगाउने गर्दासमेत डढेलो लाग्ने जानकारहरू बताउँछन् कतिपयले आफैँ जानाजान आगो लगाउने, कतिपयले धूम्रपान सेवन गरेर जङ्गलमा फाल्दासमेत आगलागी र डढेलो लाग्ने बताइन्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क