इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा सडक विस्तार, आज पनि चल्यो डोजर

इटहरी। व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप घरहरू भत्काइएको छ । आज उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा इटहरी वडा नम्बर ६ का घरहरू भत्काइएको हो । इटहरी उपमहानगरपालिकाले वडा नम्बर ९ मा पर्ने सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घरहरू दुई साताअघि भत्काएको थियो । वडा नम्बर ६ मा पर्ने ३४ घर भत्काउन शनिबार (माघ २८ गते) सम्मको अल्टिमेटम दिएको र कतिपयले अटेर गरेपछि मेयर पौडेल नेतृत्व टोलीले डोजर प्रयोग गरी घर भत्काएको हो । मेयर पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटकपटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो । ६ लेन सडक अन्तर्गतको बाटोमा पर्ने सबै घर भत्काएरै छाड्ने उनको भनाइ छ । घर भत्काउन अटेर गरेकै कारण इटहरीको मुख्य बजार क्षेत्रको चौरास्त चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीनसय मिटर सडक विस्तार हुन नसकेको उपमहानगरले जनाएको छ । सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउने पनि मेयर पौडेलले बताए । इटहरीको मुख्य चोकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ । इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेलले पनि सडक क्षेत्रभित्रका घरहरू निरन्तर भत्काउँदै जाने बताए । पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समयावधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने ६ लेन सडक विस्तार आयोजनाको दाबी छ। २०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो समय थप गरिएको छ । सडक निर्माणमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क