इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी अस्पतालमा काम गर्ने शैली फेरिएपछि उपचार सहज, रेफर होइन अब उपचार हुने

सुनसरी / इटहरी अस्पतालमामा वितेको पाँच बर्षमा सबै भन्दा धेरै चर्चा र खोजी भएको विषय हो सुविधा सम्पन्न अस्पताल हुनु पर्ने माग । सुविधा सम्पन्न अस्पतालको विषयमा चर्चा धेरै हुने तर जनताले उपचारमा हैरानी भोग्नुपर्ने बाध्यता भएपछि इटहरी उपमहानगरले अहिले काम गर्ने शैलीमा परिवर्तन गरेको छ । ठुला कुरा होईन, सानो सानो कुरामा सुधार गर्दै इटहरी अस्पतालले सेवा दिन थालेको इटहरीका मेयर हेमकर्ण पौडेल बताउनु भयो । इटहरी अस्पतालमै सेवा विस्तार गर्दै जनतालाई सहज रुपमा उपचार दिन थालेको छ । १ बर्ष अघि सम्म अस्पतालमा प्रयाप्त डाक्टर नभएर सेवा लिन आएका जनता त्यसै फर्कनुपर्ने बाध्यता अहिले भने हटेको छ । दुई ठुला शहरको वीचमा रहेर विकासको लय पक्रेको इटहरीमा एउटा सुविधा सम्पन्न अस्पताल नहुनु दुर्भाग्य, भन्दै अस्पताल बनाउन सबैको माग थियो । यो पाँच बर्षमा अस्पताल निर्माणको लागि धेरै बजार हल्ला भयो । तर काम भएन । अस्पताल बनाउने भन्दै कतै शिलान्यास पनि गरियो, जग्गा खोजी गर्न भन्दै समिती पनि बन्यो । तर न जग्गा भेटियो, न त अस्पताल बन्यो ।बरु तत्कालिन मेयरले अर्काको जग्गामा थाहै नदिई अस्पताल शिलान्यास गरेको भन्दै विवाद भयो । एक समय थियो, इटहरीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका विरामीहरु उपचार हैन रेफर लिएर फर्कनु पर्दथ्यो । इटहरी अस्पतालमा डाक्टर नहुँदा विरामीलाई रेफर दिँदै पठाउनु पर्दथ्यो सो काम इटहरीका अरू अस्पतालमामा पनि हुने गरेको छ । तर अहिले इटहरी अस्पतालले केही समय अघि देखि नै २४ सै घण्टा इमजेन्सी सेवा दिईरहेको छ । १५ बेडबाट इमरजेन्सी सेवा दिईरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । नयाँ बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि बेड अभावमा विरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हट्ने इटहरी अस्प्तालका स्वास्थ्य निरिक्षक दामोदर गौतमले बताए । अहिले मेसिन जडानको काम भईरहेको छ । अस्पतालमा डाईलासिस गर्नका लागि आवश्यक पर्ने कोठामा मेसिन जडानको काम भईरहेको छ । इटहरी अस्पतालको अर्को ठुलो समस्या हो, औषधी अभाव । नेपाल सरकारले ७० प्रकारका आषौधीहरु निःशुल्क उपलब्ध गराउने गरेको छ । औषधीको अभाव हटाउन इटहरी उपमहानगरले अहिले १ करोडको लागतमा औषधी खरिद गर्न टेण्डर प्रकृया सुरु गरेको छ । औषधी खरिदका लागि बजेट विनियोजन भई टेण्डर पनि आह्वान भएर स्विकृत भएको भईसकेको छ । अब चाँडै नै इटहरी अस्पतालमा प्रयाप्त औषधीहरु उपलब्ध हुने अस्पतालको विश्वास छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क