इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा निर्वाचित भएकाहरूको सपथग्रहण

सुनसरी | इटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएकाहरूको आज शनिबार सपथग्रहण गरिएको छ । इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले आज एमालेबाट निर्विरोध निर्वाचित कार्यपालिकाका आठ जना सदस्यलाई सपथग्रहण गराएका छन् । यहाँ अरु कुनै दलबाट उम्मेदवारी नदिएका वा दर्ता नगरेपछि स्वतः एमालेका उम्मेदवार निर्विरोध विजयी भएका हुन् । इटहरी उपमहानगरपालिका कार्यपालिकामा महिला कोटामा राधिका विश्वकर्मा पौडेली, दीपा राई, भीमाकुमारी तुम्बाहाम्फे, विन्दा केसी र तारादेवी ढकाल विजयी भएका छन् । त्यस्तै, सदस्यमा दलित तथा अल्पसंख्यक कोटाबाट प्रमोद शेर्पा, भीमादेवी राई र मनबहादुर विश्वकर्मा विजयी भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । अहिले इटहरी उपमहानगरपालिकामा मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेका तर्फबाट संगीता चौधरी निर्वाचित भएकी छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क