इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरपालिकामा कोशी प्रदेशको पुनः नामकरण संघर्ष समितिले तालाबन्दी

सुनसरी / कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै पहिचानवादी संगठनहरुले इटहरी उपमहानगरपालिकामा गरेको तालाबन्दी गरिएको छ । प्रदेशभरीका स्थानीय तहहरु बन्द गराउने अभियानमा रहेको समुहले आज इटहरी उपमहानगरपालिका बन्द गराउन खोजेको छ । इटहरी उपमहानगरपालिकाको गेटमा लगाएको ताला प्रहरीले तोडेको छ । भित्रै थुनिएका प्रहरीले पर्खाल नाघेर बाहिर निस्किएर ताला तोडेका थिए । ‘पहिचान विरोधी होशियार,’ ‘पहिचान मेट्न पाइदैँन,’ ‘प्रदेशको नाम खारेज गर’ जस्ता नारा लगाउँदै इटहरी उपमहानगरमा गरिएको तालाबन्दी फोडिएको हो । पहिचान पक्षधरले हिजो मंगलबारदेखि स्थानीय तहका कार्यालयहरु बन्द गराउन थालेका छन् । मंगलबार नै विराटनगरमा गरेको प्रदर्शनका क्रममा भएको झडपमा २२ जना घाइतेसमेत भएका थिए । प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र २९ राउन्ड हवाई फायर गरेको थियोे । गत चैत ५ गते प्रदर्शनमा विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा सहभागी भएका धरान उपमहानगर - १५ का ४२ वर्षीय पदम लिम्बूको मृत्यु भएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क