इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरपालिकाले गर्यो बोडिङका होस्टेल अनुगमन ,सेकेन्डरी बाेर्डिङ स्कुलमा ताला

सुनसरी / इटहरी उपमहानगरपालिकाले बोडिङका होस्टेल अनुगमन गरेको छ । होस्टेल अनुगमन गर्ने क्रममा इटहरी वडा नम्बर ४ स्थित सेकेन्डरी बाेर्डिङ स्कुलको हाेस्टेलमा मोरङ बेलबारी नगरपालिका लालभित्तीका १३ वर्षीय जेनिस श्रेष्ठ हिजो सोमबार बिहान मृत्यु भएपछि सेकेन्डरी बाेर्डिङको होस्टेल इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ । उक्त बोर्डिङले होस्टेल चलाउनको लागि अनुमतिसमेत नलिएको र अनुसन्धान गर्दा निर्धारित मापदण्डहरु पुरा नभएको भन्दै होस्टल बन्द गराएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । सेकेन्डरी माध्यमिक विद्यालयको किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था भेटिएको थियोे । विद्यालयले लिने शुल्कका विषयमा धेरै गुनासा आएपछि आइरहेकोले सो विषयमासमेत अनुगमन गरिएको थियोे । इटहरी उपमहानगरपालिकाले एक सामुदायिक विद्यालय र चार संस्थागत विद्यालय अनुगमन गरेको हो । इटहरी वडा नम्बर ४ स्थित सेकेन्डरी बाेर्डिङ स्कुल , इटहरी -६ को पिसजोन आवासीय माध्यमिक विद्यालय, इटहरी -७ को मोर्डन प्रिपेटरी माध्यमिक विद्यालय, इटहरी ९ को ग्रिनपिस माध्यमिक विद्यालय र इटहरी - १९ शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो । सो विद्यालयहरूमा किचन , खाद्य सामान , छात्रावास अनुगमन गरेको थियोे । अनुगमनका क्रममा पिसजोन, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको छात्रावास अनुगमन गर्दा केही सुधार गर्नुपर्ने विद्यालयमा सुझाव समेत दिइएको हो । सहित स्मृति आवासीय माध्यमिक विद्यालयमा निजि भन्दा व्यक्तिगत विद्यालयमा होस्टेलमा २ सय जना विद्यार्थी रहेका छन् । इटहरी -१९ को सामुदायिक सहित स्मृति विद्यालयमा आगामी वर्षको बजेटमा ३ करोड अनुदान दिएको मेयर पौडेलले बताए । इटहरी उपमहानगरपालिका भित्र छात्रवास सञ्चालन गर्न मापदण्ड पूरा गरि इटहरी उपमहानगरको शिक्षा महाशाखाबाट अनुमती लिनुपर्ने र छात्रवासमा बस्ने विद्यार्थीहरुको विस्तृत विवरण पेश गरी पाँच बर्ष मुनिका बालबालिकालाई छात्रवासमा राख्न नपाईने व्यवस्था उपमहानगरले ल्याएको हो ।Itahari अनुगमनमा प्रमुख हेमकर्ण पौडेल , उपप्रमुख संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, शिक्षा शाखाका फाल्गुनी काफ्ले,खाद्यका कर्मचारी , इलाका प्रहरी कार्यलय इटहरी लगायत टोलीले विद्यालयहरूमा अनुगमन गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क