इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरपालिका १३ औं नगर सभा बैठकमा नीती तथा कार्यक्रम र बजेटमाथी छलफल

सुनसरी : इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभा बैठकमा नीती तथा कार्यक्रम र बजेटमाथी छलफल भएको छ । १३ औं नगर सभामा विनियोजन विधयेक २०८० उप-प्रमुख संगिता कुमारी चौधरीले प्रस्तुत गरेकी हुन् । नगर सभा अध्यक्षता हेमकर्ण पौडेल , उप प्रमुख संगिता कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र नगरसभा सदस्यहरु लगाएतको उपस्थिति नगर सभा बैठक भएको हो । हिजोआज नगरको १३२ औं कार्यपालिकाको बैठकले पास गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसुचि समावेश गरेर नगर सभा बसेको हो । नगरसभा १६ जनाले सदस्यहरूले आ-आफ्नो धारणा र वडाका समस्या इटहरी समस्या व्यक्त गरेका थिए । हिजो भएको कार्यपालिका बैठकमा पूर्ण खोप पालिका घोषणा सम्बन्ध , भूमिहीन सुकुम्बासी / अव्यवस्थित बसोवासी सेवा केन्द्र विषय ,आन्तरिक नियन्त्रण सम्बन्धि कार्यविधि विषय , घर नक्सा निर्माण सेवा कार्यविधि, लेखा समिति गठन र सन्चालन नियमावली ,कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन , जग्गा फिल्ड नापजाँच प्रतिवेदन ,आर्थिक सहयोग ,प्राविधिक ल्याब सामान जस्ता विषयमा कार्यपालिकाका सदस्यहरू बिचमा बैठकमा छलफल भएको थियो । त्यसैगरी, आम संचार माध्यममा लोककल्याणकारी सुचना वितरण ,दररेट स्वीकृत गर्ने विषय , खुल्ला व्यामशाला सामाग्रीको दररेट , प्राबिधिक ल्याव सामानको दररेट, कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन विषय ,सहकारी नियमावली, कार्यविधि र मापदण्ड , अदालतको फैसला विषय , जग्गाको फिल्ड नापजाँच प्रतिवेदन सम्बन्धमा , आर्थिक सहयोग सम्बन्धमा, वडा नं. ६ वडा सदस्य रमला तामाङ्ग उपचार , वडा नं. १५ को गोवर्धन चौधरीको घर गोठ आगलागी ,बिबिध विषयमा बजेट पास भएको हो । अर्थ विधेयक २०८० र न्यायिक समितिको वार्षिक प्रतिवेदन भोलि प्रस्तुत हुने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क