इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरपालिकाकाले बढाएको करको पुनरवलोकनका लागि समिति निर्माण

सुनसरी : इटहरी उपमहानगरपालिकाले मनोमानी तरिकाले बढाएको करको दर पुनरवलोकनका लागि इटहरी उपमहानगरपालिकाले समिति बनाएको छ । इटहरी उपमहानगरपालिकाको १३३ अ‍ौं कार्यपालिकाको बैठकमा सात सदस्यीय अध्ययन समिति गठन गरेको हो । उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए । वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएकोउपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए । समितिमा वडा नम्बर १ का अध्यक्ष रतन कार्की, पोषराज नेपाल, वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल, वडा नम्बर १७ का वडाध्यक्ष प्रभात कुमार आचार्य तथा विज्ञमा गणेश दाहाल रहेका छन् भने पदेन सदस्य तथा सदस्य सचिवको रुपमा राजश्व शाखाका प्रमुख सन्तोष ढकाल रहेका छन् । समितिले नागरिकलाई राहत हुनेगरी करको दर समायोजन गर्ने उपायको खोजी गर्नेछ । समितिको प्रतिवेदनका आधारमा कार्यपालिकाले कर समायोजनको निर्णय गर्नेछ । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को अर्थ बिधेयकले निर्धारण गरेको चर्को करका सम्बन्धमा नागरिक स्तर बाट पछिल्लो समय करको विषयमा आवाजको उठिरहेको छ । खासगरि एकिकृत सम्पति कर, भूमिकर र सिफारिस दस्तुरमा ३०० % सम्म बृद्दि गरिएको करले आम नगरवासीको ढाड सेक्ने काम भएको स्थानीय नागरिक बताउछन् । कर समायोजनका निमित्त विभिन्न संघ संस्था पार्टीले ध्यानाकर्षण पनि बुझाएका छन् । सामाजिक सञ्जालमा स्थानीय नागरिकले स्टाटस लेखेर रङ्गारहेेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क