इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरपालिकाले निशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गर्यो

सुनसरी / इटहरी नगरक्षेत्र भित्रका जनताका लागि उपमहानगरपालिकाले निस्शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो । सोमबारदेखि नै लागु हुने गरि निशुल्क एम्बुलेन्स र शव वाहन इटहरी अस्पताललाई इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले हस्तान्तरण गरेका हुन् । सेवा सुरु गरी इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख पौडेलले बताए । नगर अस्पतालमा बिरामीको चाप बढ्दै गएका कारण एम्बुलेन्स सुरु गरिएको उनले बताए । नगर अस्पतालमा बिशेषज्ञ डाक्टरले सेवा दिन थालेपछि विरामीको चाप बढेको उनको भनाइ छ । इटहरी अस्पताललाई पछिल्लो समय व्यवस्थापन उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । उपमहानगरपालिकाको मातहतमा अर्को इटहरी अस्पतालको भवन निर्माणधिन अवस्थामा रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क