इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू

इटहरी / इटहरी उपमहानगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू गरिएको छ । लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता अन्तर्राष्ट्रिय नारा सहित इटहरी उपमहानगरपालिकाको आयोजनामा ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू गरिएको छ । हिंसा बिरूद्धका बिभिन्न प्लेकार्ड सहित निस्किएकाे र्यालीले इटहरीकाे बिभिन्न क्षेत्र परिक्रमा गरी मुख्य चाैकमा काेणसभा गरि अभियानकाे सुरूवात भएकाे उदघाेष गरिएकाे थियाे । इटहरी उपमहानगरपालिकाकाे आयाेजनामा भएकाे प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी , होटल व्यवसायी सङ्घ संस्थाका प्रतिनिधि, सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थी , सामाजिक ब्यक्ति , शिक्षक , प्रहरी र कर्मचारीहरूकाे बाक्लाे उपस्थिती देखिएकाे थियाे । प्रभातफेरीमा उपमहानगरका प्रमुख हेमकर्ण पाैडेल , उपप्रमुख संगिता चाैधरी , इटहरी २० वटै वडाका वडाध्यक्ष , कर्मचारी लगायत अन्यकाे पनि उपस्थिती रहेकाे थियाे । घर शान्ति नै विश्व शान्तिको आधार "दिगो विकासका लागि लैङ्गगिक हिंसा रहित समाज ", घर र समाजको ऐक्यबद्धता "लैङ्गिक हिँसा विरूद्व शुन्य शहनशिलता", लैङ्गिक हिंसाको अन्त्य गरौं , घरघरबाटै सुरू गरौं महिला अन्त्य गरौं जस्ता नाराहरू लेखिएका प्लेकार्ड सहित निस्किएकाे र्यालीले उपमहानगरकाे प्राङगण हुदै इटहरी चाैक , हटिया लाइन , बिपि चाैक र मुख्य चाैकमा आएकाे काेण सभामा परिणत भएकाे थियाे । काेणसभालाइ सम्बाेधन गर्दै मेयर हेमकर्ण पाैडेलले लैङ्गिक हिंसाबिरूद्धकाे कार्यक्रा १६ दिन मात्र नभै वर्ष भरीनै रहिरहने बताए । त्यस्तै उप प्रमुख संगिता चाैधरीले पनि जुनसुकै हिंसा बिरूद्धकाे अभियान उपमहानगरमा वर्षभरी सञ्चालन भइरहने बताइन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क