इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरमा व्यापक भ्रष्टाचारको आरोप, प्रतिनिधिसभामा आवाज उठ्यो

इटहरी | इटहरी उपमहानगरपालिकामा भएको व्यापक भ्रष्टाचारको आरोपलाई लिएर प्रतिनिधिसभामा आवाज उठेको छ। इटहरी उपमहानगरपालिकाले खरिद गरेका चार विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले इटहरी उपमहानगरपालिकामा टेन्डर आव्हानदेखि योजना तर्जुमा गर्दासम्म व्यापक भ्रष्टाचार भएको आरोप लगाए। उनले उपमहानगरपालिकाले आपूर्तिकर्तासँग मिलेमतो गरेर तेस्रो कम्पनी खडा गरी भ्रष्टाचार गरेको दाबी गरे। सांसद चौधरीले नगर अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिदमा पनि अनियमितता भएको आरोप लगाउँदै, ५ करोड पर्ने मेसिनलाई ८ करोडमा खरिद गर्ने तयारी भएको र जनदबाबपछि टेन्डर रद्द गरिएको जानकारी दिए। त्यस्तै, शान्ति सिर्जना माध्यमिक विद्यालयमा जनप्रतिनिधि र कर्मचारी मिलेर ८० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप पनि उनले लगाए। आर्थिक वर्ष २०७९/८० मा शिक्षकको तलब शीर्षकमा विद्यालयलाई ७ लाख ३६ हजार रुपैयाँ मात्र दिनुपर्नेमा ८८ लाख रुपैयाँ भुक्तानी गरिएको चौधरीको दाबी छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क