इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी उपमहानगरले निजी स्कुलसँग माग्यो शिक्षकको नियुक्ति र पारिश्रमिक विवरण

इटहरी - इटहरी उप–महानगरपालिकाले इटहरीका निजी स्कुलहरुलाई थप ब्यबस्थित गर्दै लाने भएको छ। निजी स्कुलहरुमा कार्यरत शिक्षकगणको शैक्षिक बिबरण, नियुक्ती पत्रलगायतका कागजात ७ दिन भित्र बुझाउन पत्राचार गरिएको हो। उपमहानगरले निजी स्कुलहरुमा कार्यरत कर्मचारी तथा शिक्षकगणको नियुक्ती पत्र, अध्यापन अनुमति पत्र, प्र.अ. नियुक्तिको पत्र र शैक्षिक योग्यताको विवरण माग गरेको हो। निजी स्कुलहरुले आफ्नो स्कुलमा कार्यरत शिक्षकलाई नियुक्ती पत्र नदिएको, सरकारले तोकेको पारिश्रमिक नदिएको गुनासो बढेको भन्दै उप-महानगरले परिपत्र गरेको हो। शिक्षा युवा तथा खेलकुद शाखाले ७ दिन भित्र विवरण उपलब्ध गराउन पत्राचार गरेको हो। शिक्षक र शिक्षिकालाई अनिवार्य सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने र बुझाएको बिबरण समेत माग गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोर्ण प्रसाद दाहालले बताए । उनले प्रअको नियुक्ति पत्र देखि कर्मचारी तथा तहगत शिक्षकको पारिश्रमिक विवरण समेत माग गरिएको बताए ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क