इन्फो नेपाल — सञ्चारको सञ्जाल

सगरमाथा युथ क्लबलाई इटहरी गोल्डकपको उपाधी

सुनसरी / इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा आज शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँलाई सडन डेथमा पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । उपाधि जितेसँगै विजेता सगरमाथाले नगद १० लाखसहित ट्रफी हात पारेको छ । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका उनै मौसम लिम्बू घोषित हुँदै नगद १० हजारसहित मेडल हात पारेका हुन् । उपबिजेता भएको चर्च ब्वाइजले नगद ५ लाखसहित ट्रफी प्राप्त गरेको छ । गत वर्षको समेत विजेता रहेको सगरमाथा युथ क्लबका लागि विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गरेका हुन् । सुरुमा ५-५ जनाले प्रहार गर्दा सबैजनाको गोल भएपछि पछिल्लोपटक चर्च ब्वाइजका मनोजको गोल बाहिर गएको थियो भने सगरमाथाका महेन्द्रको गोल भएको थियो । समयअवधिभर बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा समेत बराबरी गोल भएपछि सडन डेथमार्फत सगरमाथाले उपाधि जितेको हो । गत शनिबारबाट भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिम सहभागी भएको थिए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क