इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी चोक र तरहरामा होली पर्व कार्यक्रम भव्यताका साथ सम्पन्न

सुनसरी / इटहरी चोक र तरहरामा आज होली पर्व कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आज मंगलबार इटहरी २० तरहरामा तरहरा जेसीजले आयोजना गरिएको होली मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विहान ११ बजेदेखि सुरू भएको थियोे । कार्यक्रममा सयौंको संख्यामा दर्शकहरूले मनोरञ्जन गरेका थिए । कार्यक्रममा गायक निशान भट्राईको आफ्ना आधा दर्जन बढी गीतहरू गाए । उपस्थित दर्शकहरूले नाचगान गर्दै उनले मनोरञ्जन गीत गायएका थिए । कार्यक्रममा डीजे एजुशको पनि प्रस्तुति रहेको थियो । तरहरा जेसीजे प्रत्येक वर्षको होली पर्व कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम संयोजक तथा तरहरा जेसीजका उपाध्यक्ष रोशन भुजेलका अनुसार कार्यक्रममा करीब तीन हजार दर्शक सहभागी थिए । वर्षमा एकदिन आउने होली मिलन कार्यक्रम समाजसँग नजिक रहनका लागि पनि आयोजना गरिएको उनले बताएका छन् । कार्यक्रमको प्रायोजन एक्स्पेर्त एजुकेसन भिसा सेर्विकेस इटहरी र आकाशमा इन्सिचियुट इटहरी जस्ता संघ संस्था क्लब , इन्सिचियुटहरूले प्रायोजन गरेको थियोे । इटहरी चोकमा पनि होली पर्व विभिन्न सामाजिक संघ संस्थाहरू र विभिन्न क्लब स्थानीय व्यक्तिहरूको उपस्थितिमा रङ्ग लगाउदै हर्षोउल्लासका साथ होली पर्व मनाइएको छ । मङ्गलवार बिहान उद्योग वाणिज्य संघ इटहरीले एक कार्यक्रम बिच होली उत्सव सम्पन्न गरेको छ । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क