इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी–धरान सीमाको विवाद अझै समाधान भएन्

सुनसरी / इटहरी–धरान सीमाको विवाद अझै समाधान भएको छैन । दुई उपमहानगरबीच उत्पन्न सीमा विवाद मिल्न नसक्दा प्रदेश र संघीय सरकारलाई गुहारिएको छ । दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि विवाद स्थानीय स्तरमा मिल्न नसकेको छ । सीमा विवाद उत्कर्ष पुगेपछि अझैसम्म जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा नमिल्दा प्रदेश र संघीय सरकारलाई विवाद निरुपणको लागि सहयोग मागिएको छ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले इटहरीको पानीपियामा सीमा प्रारम्भको बोर्ड राखेपछि विवाद थप उत्कर्षमा पुगेको थियो । इटहरीले भने भोगचलन गर्दै आएको पानीपिया क्षेत्रलाई धरानले दाबी गरेको सीमाना मान्य नहुने जनाउँदै आएको छ । इटहरी उपमहानगरले सीमा विवाद राजनैतिक विषय भएकाले पहिले नै प्रदेश र संघीय सरकारबाट समाधान खोज्नुपर्ने बताउँदै आएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क