इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी रंगशालामा पौष १५ गतेदेखि ए डिभिजन लिग फुटबल हुने

इटहरी : यहीँ पौष १५ गतेदेखि सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग कम नक आउट फुटबल प्रतियोगिता इटहरी रंगशालामा हुने भएको छ । कोरोना भाइरल संक्रमणका कारण दुईवर्ष देखि हुन नसकेको खेल यहीँ पौष १५ गतेदेखि २५ गतेसम्म हुन लागेको छ । १० दिनसम्म चल्ने प्रतियोगितामा सहभागीमा आठ टिमलाई दुई समूहमा छुट्टाएको छ । समूह क मा गोधुली क्लब धरान , एलेभन एरोज क्लब दुहबी , न्यु स्टार क्लब बराहक्षेत्र र गोल्डेन स्टार क्लब दुहबी रहेका छन् । समूह ख मा धरानको टेम्के फुटबल क्लब , धरान मै रहेको धरान फुटबल क्लब धरान , इटहरी फुटबल क्लब र राष्ट्रिय जागृती क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा हुन लागेको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमले प्रतिष्पर्धा गर्ने इटहरी सुनसरी एन्फाका अध्यक्ष केशव कार्कीले जनाएका छन् । १७ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउँदा उपबिजेता टिमले ३० हजार रूपैयाँ पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जनाएका छन् । त्यस्तै ए डिभिजन लिग सकिए पछि जिल्लास्तरिय बी डिभिजन लिग सुरू गरिने एन्फा सुनसरी कोषाध्यक्ष कोबिदजंग कार्कीले बताए ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क