इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी लियो क्लबद्वारा फुटसल सिजन दुई प्रतियोगिता हुने

सुनसरी / इटहरी सुनसरी लियो क्लबले अन्तर लियो फुटसल प्रतियोगिताको गर्ने भएको छ । यहीँ माघ १३ र १४ गते इटहरी - २ आपगाछिमा रहेको इन्टर लियो क्लब टुर्नामेन्टमा इटहरी सुनसरी लियो क्लबद्वारा अन्तर लियो फुटसल सिजन दुई प्रतियोगिता आयोजना गर्ने हुने भएको छ । आज बुधबार एक पत्रकार सम्मेलन गर्दै फुटसल दुई दिनसम्म चल्ने प्रतियोगिता लियो क्लबमा आबद्द व्यक्तिको क्षमता अभिवृद्दि गर्ने , खेलमा उजागरण गर्ने , खेल सीप वृद्धि गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको आयोजक संस्थाका राजकुमार साहले बताएका छन् । लियो क्लब अफ इटहरीको आयोजनामा हुने लागेको प्रतियोगितामा १८ वटा टीमको सहभागिता हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार १ सय १ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न तीन लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका राजु ठटाल बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क